आंशिक सेवा सञ्चालन
गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा कर्णालीका करिब एक दर्जन सरकारी कार्यालयहरूमा आगजनी भयो । जसमध्ये एक हो, नापी कार्यालय सुर्खेत । आगजनीले क्षतिग्रस्त भएपछि कार्यालयको सेवा नै अवरुद्ध हुन पुग्यो । भौतिक संरचनाहरुमा क्षति पुग्यो । कागजपत्र जलेर नष्ट हुनुका साथसाथै सेवा प्रर्णाली नै पूभावित भयो । जसले गर्दा लामो समयदेखि सेवा रोकिएको थियो । कार्यालयले दुई महिनापछि आंशिक सेवा भने सुरु गरेको छ । गत भदौ २४ गते आगजनीमा क्षति भएपछि स्थगित भएको सेवा मंसिर १ गतेदेखि आंशिकरूपमा सुरु गरेको हो । हाललाई अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध गराउने (नेलिस प्रणाली) सेवा मात्र सुरु भएको छ । पूर्ण रुपमा सेवा सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने भएकाले आंशिक रुपमा सेवा सुरु गरिएको हो ।
आगजनीबाट पूर्ण रुमा ध्वस्त भएको कार्यालयमा तत्काल वायरिङ र नेटवर्किङको काम सकिएपछि आंशिक सेवा मात्र सञ्चालन गरिएको छ । पूर्वाधार निर्माणका काम अझै बाँकी छ । आवश्यक सामग्री खरिद र पुराना विवरण भएको हार्डडिक्स रिकभर गर्ने काम पनि भइरहेको छ । हार्डडिक्स रिकभरका लागि नापी विभागमा पठाइएको छ । यसैगरी आवश्यक कम्प्यूटर लगायतका सामग्री उपलब्ध गराउन स्थानीय तह र विभागलाई पत्राचार गरिएको छ । अन्य सेवा सञ्चालन गर्न अझै केही समय लाग्ने जनाइएको छ । बंैकबाट ऋण लिन आवश्यक पर्ने अनलाइनमा उपलब्ध कित्ताको नक्सा प्रिन्ट गरेर दिने सेवा अहिले सञ्चालन गरिएको हो । यद्यपि, सेवाग्राहीलाई आवश्यक पर्ने गाउँ ब्लक, फाइल नक्सा, भूमि आयोगबाट तयार भएको नक्सा र पुनः नापीबमोजिमको नक्सा तथा कित्ताकाट सेवा हाललाई सुचारु गर्न कार्यालयले सकिरहेको छैन । पूर्ण रूपमा कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार अझै तयार भइसकेको छैन ।
कार्यालयमा अझै पनि स्क्यानर र प्रिन्टरको अभाव छ । क्षतिग्रस्त भएका संरचना विभिन्न निकायबाट माग गर्दै ल्याए पनि स्क्यानर र प्रिन्टरको अभाव भइरहेको छ । हार्डडिस्क रिकभर गर्ने काम पनि भइरहेको छ । तर अहिलेसम्म पूरा भएको छैन । कार्यालयले पछि बचेका स्थानको हातले लेखेर प्लट रजिस्टरको पुनस्र्थापनाको काम गरेको थियो । आगजनीमा करिब चार सय प्लट रजिस्टर जलेका थिए । नयाँ रजिस्टर विभागबाट मगाएर हातले पुनस्र्थापना गर्ने काम कार्यालयले गरेको थियो । पूर्वाधार निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । सामग्रीको उपलब्धता, हार्डडिक्स रिकभर र पूर्वाधार निर्माणका काम सम्पन्न भएको खण्डमा पूर्ण रुपमा काम सुचारु हुने देखिन्छ ।
प्रकाशित मितिः १० मंसिर २०८२, बुधबार १७:४८
सम्पादकीय ।