स्याक नेपालको स्थापना दिवस

सुर्खेत: वक्तृत्वकला प्रतियोगितादेखि प्रदेशस्तरीय अन्तरक्रियासहित विभिन्न कार्यक्रम गरेर समाज जागरण केन्द्र (स्याक) नेपालले आफ्नो ३१औँ स्थापना दिवस मनाएको छ ।

सामूहिक सरसफाई अभियान, मानव सेवा आश्रममा आश्रितहरूलाई भोजन सेवा, माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता, प्रदेशस्तरीय अन्तरक्रिया, रक्तदानलगायत सप्ताहव्यापी कार्यक्रम गरिएको हो ।

दिवसअन्तर्गत नै बिहीवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले समाज रूपान्तरणका क्षेत्रमा स्याक नेपालले महŒवपूर्ण योगदान दिएको बताए । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले ग्रामीण समाजको चेतनास्तर वृद्धिमा स्याकको भूमिका रहेको बताए । त्यसैगरी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिला अधिकार प्रवद्र्धनमा पनि स्याकको अतुलनीय योगदान पु¥याएको जिकिर गरिन् ।

‘अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ति बाल्नु बेस’ भन्ने मुलनारा लिएर २०५२ साल साउन २९ गते वीरेन्द्रनगर–१२ नेवारेमा स्याक नेपालको स्थापना भएको थियो ।

 

प्रकाशित मितिः   ३० श्रावण २०८२, शुक्रबार ०५:०४