सेफगार्डिङ प्रशिक्षण

सुर्खेत: कर्णाली र सुदूरपश्चिम प्रदेशका महिला प्रतिनिधिहरूलाई सुर्खेतमा सेफगार्डिङ प्रशिक्षण दिइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा सुर्खेत जिल्ला फुटबल संघ र कर्णाली प्रदेश फुटबल संघको समन्वयमा सेफगार्डिङ फोकल पोइन्ट प्रशिक्षण सञ्चालन गरिएको हो ।

प्रशिक्षणमा कर्णाली र सुदूरपश्चिमका महिला प्रतिनिधिहरू सहभागी भएका थिए । दुवै प्रदेशभित्रका जिल्ला फुटबल संघमार्फत् छानिएका प्रतिनिधिहरूलाई सुर्खेतमा प्रशिक्षण दिइएको सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष दिलिप बस्यालले जानकारी दिए । उनका अनुसार सहभागी प्रतिनिधिहरूलाई महिला सहभागिता, नेतृत्व विकास र सुरक्षासम्बन्धी प्रशिक्षण दिइएको छ । प्रशिक्षणले महिला सहभागिता अभिवृद्धि र सुरक्षाको सुनिश्चितताका लागि महŒवपूर्ण योगदान पु¥याउने अध्यक्ष बस्यालले बताए ।

 

प्रकाशित मितिः   १३ श्रावण २०८२, मंगलवार ११:२०