लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
सुर्खेत: कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूमाथि भ्रष्टाचारको मुद्दा अघि बढाएको हो ।
अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैंक दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाहीविरुद्ध २५ लाख ६७ हजार पाँच सय २६ बराबरको बिगो माग दाबी गरिएको छ ।
यसैगरी, अस्पतालमा रहेको कुमारी बैंकका एक्स्टेन्सन काउन्टरको तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकरी दिए ।
प्रकाशित मितिः १० असार २०८२, मंगलवार ०६:०१
साझा बिसौनी ।