भदौ ४ गते सार्वजनिक बिदा
सुर्खेत: कर्णाली प्रदेश सरकारले भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
वैशाख २७ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका कानुन अधिकृत लिला ढकालले जानकारी दिए ।
आन्दोलनको बलमा स्थापित कर्णाली प्रदेशले हरेक वर्ष भदौ ४ गते सहिद दिवससहित प्रदेश स्थापना दिवस मनाउने गरेको छ ।
प्रकाशित मितिः १ भाद्र २०८१, शनिबार ०५:०१
साझा बिसौनी ।