गजल मञ्चको अध्यक्षमा अधिकारी

मध्यपश्चिमाञ्चल गजल मञ्चको अध्यक्षमा पुन : खगेन्द्र अधिकारी अमृत चयन भएका छन् । मञ्चको शनिवार सुर्खेतमा सम्पन्न तेस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

आगामी २ वर्षका लागी चयन गरिएको कार्यसमितिको उपाध्यक्षमा सरस्वति पन्त र शन्देश कठायत, महासचिवमा पहल असिम थापा, सचिवमा कृष्ण विरही जलन र कोषाध्यक्षमा खगेन्द्र अटल चयन भएका छन् । सदस्यमा लीला पोख्रेल, बखत विसी र तेजविक्रम के सि चयन भएको महासचिव पहल असिम थापाले जानकारी दिए ।

प्रकाशित मितिः   ८ माघ २०७३, शनिबार १७:२८