खुले सहुलियत पसल

सुर्खेत: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिवारदेखि चाडपर्व लक्षित सहुलियत बिक्री पसल सुरु गरेको छ । कम्पनीको वीरेन्द्रनगरस्थित प्रदेश कार्यालयले सल्यानबाहेक कर्णालीका नौ वटै जिल्लामा सहुलियत पसल सञ्चालनमा ल्याएको हो । सहुलित पसलहरूमा चामल, दाल, सिमीजस्ता दैनिक उपभोग्य खाद्य वस्तुहरू बिक्रीका लागि राखिएको छ ।

वीरेन्द्रनगरमा कम्पनीको कार्यालय परिसरमा बिक्री कक्ष स्थापना गरिएको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले चाडपर्वमा जनताले सहुलियत रूपमा खाद्यान्न पाउन भन्ने हेतुले बजार मूल्यभन्दा सस्तोमा पाइने गरी पसल सञ्चालन गरिएको जनाए । यसले कृत्रिम अभाव र कालोबजारी नियन्त्रणमा पनि सहयोग पुग्ने कम्पनीको अपेक्षा छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सुपथ पसलबाट यसवर्ष प्रति परिवारले २५ केजीका चार बोरासम्म चामल किन्न पाउनेछन् । चामल तथा दालमा प्रतिकेजी सात रूपैयाँसम्म छुट दिइएको जनाइएको छ ।

प्रकाशित मितिः   २ आश्विन २०७९, आईतवार ०५:०१