करसम्बन्धी अन्तरक्रिया

सुर्खेत: कर तथा राजस्वसम्बन्धी अन्तरक्रिया गरिएको छ । नेपाल अडिटर्स एशोसिएसन (अडान)को १७औं स्थापना दिवसको अवसरमा शुक्रवार वीरेन्द्रनगरमा अन्तरक्रिया गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय सुर्खेत र रजिस्ट्रर्ड लेखापरीक्षकहरूबीच करसम्बन्धी छलफल गरिएको जनाइएको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत हरिप्रसाद तिमिल्सेनाले कर तथा राजस्व नीतिबारे जानकारी दिएका थिए ।

विशेष अतिथि अडानका केन्द्रीय उपाध्यक्ष बलराम रेग्मी, केन्द्रीय सदस्य योगमाया धमला, सुर्खेत जिल्ला अध्यक्ष दिपबहादुर रावललगायतले पनि आ–आफ्ना धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रम अडानका कर्णाली प्रदेश अध्यक्ष कृष्णप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको प्रदेश सचिव तुलाराम तिवारीले जानकारी दिए ।

प्रकाशित मितिः   २१ श्रावण २०७९, शनिबार ०५:०१