तीर्थले जिते काँक्रेविहार म्याराथनको उपाधि

सुर्खेत: काँक्रेविहार हाफ म्याराथनको उपाधि तीर्थकुमार पुनले जितेका छन् । उनले एक घण्टा नौ मिनेट १५ सेकेण्डमा २१ किलोमिटर दूरी पार गर्दै प्रथम भएका हुन् ।
त्यसैगरी राजन रोकाय दोस्रो र चिनेबहादुर बुढा तेस्रो भए । खगेन्द्रबहादुर भाट चौथो, सुवास कार्की पाँचौं र श्रीकाश राई छैटौं स्थानमा रहन सफल भए । उनीहरूले क्रमशः ७१ हजार, ४१ हजार, ३१ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत भएको पाँच किलोमिटर दौडमा विकास वि.क. प्रथम, अजय विक दोस्रो र प्रकाश बुढा तेस्रो भएका छन् । महिलातर्फ विमला कार्की, निशा मल्ल र लक्ष्मी शाही क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरूलाई पनि नगद पुरस्कार र प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा पहिलो पटक काँक्रेविहार हाफ म्याराथन आयोजना गरिएको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरले प्रतियोगिता आयोजना गरेको हो । वीरेन्द्रचोकबाट सुरु भएको म्याराथन दौड मंगलगढी चोक हुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोलादेखि पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न भएको थियो । ऐतिहासिक महŒवको काँक्रेविहारको प्रचारप्रसार र कर्णालीमा खेल पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजित प्रतियोगितामा एक हजार बढीले सहभागी जनाएका थिए ।

प्रकाशित मितिः   ७ असार २०७९, मंगलवार २२:०५