जाजरकोटमा कांग्रेसले थप्यो, माओवादीले गुमायो

जाजरकोट – जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)ले समान तीन/तीन पालिका जित्दा नेकपा(माओवादी केन्द्र)ले एउटा मात्रै पालिका जितेको छ । कांग्रेसले कुशे र शिवालय गाउँपालिकाका साथै छेडागाड नगरपालिकाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएको छ ।

यस्तै एमालेले जुनीचाँदै गाउँपालिका र बारेकोट गाउँपालिकासहित भेरी नगरपालिकामा जित हात पारेको हो । माओवादीले भने नलगाड नगरपालिका मात्रै जितेको छ ।

२०७४ को निर्वाचनमा नेकपा (एमाले)ले तीन पालिकाको प्रमुख, तीनमा उपप्रमुख र २९ वडा अध्यक्ष जितेको थियो । कांग्रेसले दुई प्रमुख, एक उपप्रमुखसहित २५ वडा अध्यक्ष जित्दा नेकपा (माओवादी केन्द्र) ले भने दुई प्रमुख, तीन उपप्रमुख र २३ वडा अध्यक्ष जितेको थियो । माओवादीले यसपटक एउटा पालिका गुमाएको छ ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७९, बिहीबार १५:३४