कर्णालीका ७२ पालिकाको नतिजा : कांग्रेस ३०, माओवादी २१
सुर्खेत – कर्णाली प्रदेशका ७२ वटा स्थानीय तहको नेतृत्व टुँगो लागेको छ । ७९ पालिकामध्ये बिहीवार दिउँसोसम्म ७२ वटाको मतगणना टुँगिएको हो । अब सात वटाको मात्रै नतिजा आउन बाँकी छ ।
नतिजा टुँगो लागेका ७२ मध्ये ३० वटाको नेतृत्व नेपाली कांग्रेसले जितेको छ ।
दोस्रो स्थानमा नेकपा(माओवादी केन्द्र) छ । माओवादीले २१ पालिका जितेको छ । नेकपा एमालेले १३ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले चार पालिकाको जितेको हो । प्रदेशका चार वटा पालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रकाशित मितिः ५ जेष्ठ २०७९, बिहीबार ०९:२२
साझा बिसौनी ।