आरसी–३२ को छैटौं जित

सुर्खेत: आरसी–३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा छैटौं जित निकालेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बुधवार महाबिर क्लबलाई १–० ले हराउँदै आरसी ३२ ले छैटौं जित निकालेको हो ।

आरसी ३२ को जितमा विवेक सन्तोषीले निर्णायक गोल गरे । उनले खेलको ५०औं मिनेटमा गोल गरेका थिए । जितसँगै आरसी ३२ ले सात खेलमा १९ अंक जोडेको छ । आरसी ३२ शीर्ष स्थानमा उक्लिएको छ ।

महाबिरले सात खेलमा नौ अंक जोडेको छ । अर्को खेलमा खालीबारी युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेलेका छन् । ‘सी’ डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।

प्रकाशित मितिः   २९ बैशाख २०७९, बिहीबार ०५:०१