‘एमाले नै पहिलो पार्टी’

सुर्खेत: नेकपा (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कंडेलले आगामी स्थानीय तहको निर्वाचनबाट पनि एमाले नै पहिलो पार्टी हुने दाबी गरेका छन् । बिहीवार वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
जनताको विश्वास र भरोसा एमालेप्रति नै रहेको जिकिर गर्दै कर्णाली प्रदेश इन्चार्जसमेत रहेका नेता कंडेलले आगामी निर्वाचनमा विगतको भन्दा पनि राम्रो नतिजा ल्याउने बताएका हुन् । २०७४ को निर्वाचनमा कर्णाली प्रदेशका २७ वटा स्थानीय तह जितेको एमालेले यसपटक त्यसभन्दा बढी स्थानमा जित हासिल गर्ने दाबी उनको थियो ।

एमालेका अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले पार्टी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको बताउँदै सबै जनसंगठनहरू पनि त्यसमा लाग्नुपर्नेमा जोड दिए । उनले पार्टीका नीति, योजना र कार्यक्रमलाई आम नागरिकमाझ पु¥याउन प्रेस चौतारीमा आवद्ध पत्रकारहरूको महŒवपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले एमालेले कर्म गरेर जनताको मन जित्ने पार्टीको रूपमा रहेको बताएका छन् । एमाले जति राम्रो काम अरु पार्टीले गर्न नसकेको समेत उनले दाबी गरे । ‘एमालेले जति राम्रो काम अरु कसैले गर्न सकेका छैनन् । हामीले जति कसैले न हिजो गरेको थियो । न आज गरेको छ न भोलि नै गर्ने छ । काम गर्ने भनेकै एमालेले हो । आउने चुनावमा एमाले पहिलो पार्टी बन्छ ।’ उनले सत्ता गठबन्धन धेरै समयसम्म नटिक्ने बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य मोहनमाया ढकाल, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्षद्वय वीरबहादुर गिरी, टिका विष्ट, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २० फाल्गुन २०७८, शुक्रबार ०५:०१