पूर्वाधार विकासको आधार

विकासका विभिन्न पूर्वाधारमध्ये आधारभूत पूर्वाधार हो, सडक । यसले अन्य विकासका बाटो पनि खोल्छ । यसकारण पनि सडक र विकास अन्तर सम्बन्धित छन् । सरकारले हरेक वर्ष आफ्नो वार्षिक बजेटको ठूलो हिस्सा सडकमा खर्चने गरेको छ । सडक निर्माण सधैँ प्राथमिकतामा पर्ने योजना बनेको छ । तर कर्णाली प्रदेशमा भने अपेक्षित रूपमा सडक विकास हुन सकेको छैन । भौगोलिक विकटता यसको प्रमुखमध्ये एक कारण हो । सडकको महङ्खव मानिस हिँड्न वा सवारीका साधनहरू सञ्चालन गर्नका लागि मात्रै सीमित छैन । विकास र सडकको सम्बन्ध एउटै सिक्काका दुई पाटाजस्तै हो ।

पछिल्लो समय संघीय, प्रदेश र स्थानीय सरकारले पनि सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । प्रादेशिक एवम् स्थानीय सडक सुधार कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनमा लागिरहेको देखिन्छ । सरकारको नीति, कार्यक्रम र बजेटमा पनि पर्दै आएका छन् । सरकारले पक्की सडक निर्माण गर्दा कच्ची ट्रयाकसमेत नखुलेका स्थानीय तहलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउँदै गएको अवस्था छ । यसले संघीयताको प्रभावकारी कार्यान्वयनमा समेत महङ्खवपूर्ण भूमिका खेल्ने हुँदा सडक विस्तार कार्यमा जोड दिनुपर्ने देखिन्छ । प्रदेशदेखि स्थानीय तहसम्म सवारीसाधनको आवतजावत सहज भइ व्यापार, उद्योग, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत चौतर्फी विकासको मार्ग खुल्छ । हाम्रोजस्तो कृषि प्रधान देशमा उत्पादित वस्तुको बिक्री वितरणका लागि समेत सडकको विशेष महङ्खव छ । व्यापार व्यवसायका लागि पनि सडक सञ्जालको विकास र विस्तार अनिवार्य हुन्छ । सडकको पहुँच नभएमा कुनै पनि व्यापार फस्टाउन सक्दैन । उत्पादित वस्तु उपभोक्तासम्म पुग्नका लागि सडक नै भरपर्दो माध्यम हो । नेपालको आर्थिक विकासमा महङ्खवपूर्ण योगदान दिने पर्यटन क्षेत्रका लागि पनि सडक सञ्जाल राम्रो हुनुपर्छ । सडक निर्माणले सुविधा दिने मात्रै होइन रोजगारी सिर्जना हुने, शिक्षाको विकासमा सहयोग हुने, उत्पादनले सहज रूपमा बजार पाउने, आम्दानी वृद्धि हुनेजस्ता अनेकौं फाइदा हुन्छ ।

सडक आवश्यक छ तर यसको विकास र विस्तारमा विशेष ध्यान पु¥याउन जरुरी छ । सडक सञ्जालको विकास गर्दा दीर्घकालीन र वातावरणीय प्रभावको गहन अध्ययन गरी प्राकृतिक स्रोतको संरक्षणमा समेत जोड दिँदै सडकको गुणस्तरमा ध्यान केन्द्रित गर्नुपर्छ । यदि सडक मार्गको सहज पहुँच नहुने हो भने यस क्षेत्रको विकासमा अवरोध सिर्जना हुन्छ । तसर्थ नेपालमा सडक सञ्जालको विकास गर्दा दीर्घकालीन र वातावरणीय प्रभावको गहन अध्ययन गरी प्राकृतिक स्रोतको संरक्षणमा समेत जोड दिँदै सडकको गुणस्तरमा ध्यान केन्द्रित गर्नुपर्छ । किनभने सडक नै विकास र समृद्धिको आधारस्तम्भ हो ।

प्रकाशित मितिः   २० फाल्गुन २०७८, शुक्रबार ०५:०३