कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीवार महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुनेछ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार २१ मंसिरबाटै निर्वाचन प्रक्रिया सुरु हुनेछ भने २५ गते निर्वाचन हुनेछ ।

त्यसअघि सात वटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार १९:००