राप्रपाको महाधिवेशन मंसिरमा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन सर्ने भएको छ । बिहीवार पार्टीका अध्यक्षहत्रयको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले महाधिवेशन एक साता पर सार्ने निर्णय गरेको हो ।

कार्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिएको महाधिवेशन अब  मंसिर ११, १२ र १३ गते काठमाडौंमा गर्ने निर्णय भएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

तल्लो तहको अधिवेशन नै सम्पन्न हुन नसकेका कारण महाधिवेशन सार्ने निर्णय भएको हो ।

यसैगरी जिल्ला अधिवेशन कार्तिक २३ भित्र तथा सातवटै  प्रदेश कार्यसमितिको निर्वाचन कार्तिक २८ गते गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले महाधिवेशनको तयारीको विभिन्न ९ समिति पनि गठन गरेको छ ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार १८:४१