विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका छन् । शुक्रवार बसेको प्रदेशसभा बैठकमा उनले यस सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

उत्क प्रस्तावमाथि आइतवार मतदान हुने छ । सभामुख प्रदीपकुमार भण्डारीले ७ गते मतदान हुने जानकारी गराउँदै बैठक स्थगित गरेका छन् ।

एमाले विभाजित भएपछि आचार्य अल्पमतमा परेका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

प्रकाशित मितिः   ५ कार्तिक २०७८, शुक्रबार १५:१२