९३ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बुधवार तीन सय ३१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा कोरोना संक्रमण दर २८ प्रतिशत रहेको छ । बुधवार सबैभन्दा बढी सुर्खेतमा संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा ५८, दैलेखमा १०, कालीकोटमा आठ, रुकुम–पश्चिमा ६ र जुम्लामा चार जनामा संक्रमण फेला परेको छ । त्यस्तै, मुगुमा तीन तथा हुम्ला, डोल्पा, जाजरकोट र सल्यानमा एक/एक जनामा संक्रमण देखिएको हो । योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ हजार सात सय ७९ पुगेको छ । तीमध्ये २९ हजार चार सय ३४ जना संक्रमणमुक्त भइसकेका छन् । अहिलेसम्म कर्णालीमा तीन सय ६० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या नौ सय हाराहारी छ ।

यस्तै, नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । बुधवार तीन हजार चार सय तीन जनामा संक्रमण पुष्टि भएएसँगै सक्रिय संक्रमितको संख्या ४० हजार तीन सय २८ पुगेको हो । देशभर हालसम्म कोरोना संक्रमणका कारण १० हजार तीन सय ९६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   ३ भाद्र २०७८, बिहीबार ०५:००