अस्पताललाई प्राइमको सहयोग

वीरेन्द्रनगरमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक उत्सवको अवसरमा अस्पतालहरूलाई सामग्री सहयोग गरेको छ । संस्थाका प्रबन्धक युवराज बस्नेतले सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरूले चार वटा अस्पताललाई सहयोग गरेको बताए । संस्थाले आफ्नो २२औं स्थापना दिवसमा बुधवार प्रदेश अस्पताल, प्रदेश आयुर्वेद औषधालय, मेहलकुना अस्पताल र कटकुवा नगर अस्पताललाई वाटर डिस्पेन्सर, लेबुलाइजर लगायतका सामग्री सहयोग गरेको हो । कोरोना महामारीको समयमा अस्पतालहरूमा आवश्यक सामग्रीको अभाव भइरहेका बेला सानो सहयोगले पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   १३ जेष्ठ २०७८, बिहीबार ०५:००