२१ प्रतिशत घर शौचालयविहीन

जुम्ला : तीन वर्षअघि खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको जुम्लामा अहिलेसम्म पनि २१ प्रतिशत घर शौचालयविहीन रहेको पाइएको छ । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय जुम्लाको तथ्यांकअनुसार अझै पनि चार हजार १३ घरमा शौचालय नभएको पाइएको हो ।

जिल्लाका १९ हजार एक सय ६७ घरमध्ये १५ हजार एक सय ५४ घरमा मात्रै शौचालय रहेको तथ्यांकमा देखिएको छ । तत्कालीन खानेपानीमन्त्री प्रेमबहादुर सिंहले २०७३ खुला दिसामुक्त क्षेत्र घोषणा गरेका थिए । त्यस्तै, त्यहाँका १९ प्रतिशत अर्थात् तीन हजार ६ सय चार घरपरिवार खानेपानीको पहुँचबाट वञ्चित रहेको बताइएको छ । उनीहरू खोलानाला, नदी र कुवाको पानी पिउँदै आएका छन् । १५ हजार पाँच सय ६३ घरमा मात्रै खानेपानीको पहुँच रहेको खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ४ पुष २०७६, शुक्रबार १३:५०