दुईवटा विधेयक सभामा पेस गर्न स्वीकृति

सुर्खेत: कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुईवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले योगदानमा आधारित निवृत्तिभरण कोष र खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काका अनुसार बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ र कर्णाली प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ ।
त्यस्तै, बीउबिजन परीक्षण तथा गुणस्तर नियमन केन्द्र र बीउबिजन परीक्षण प्रयोगशालाको कार्य गर्ने निकाय तोक्ने निर्णय गरेको छ । बैठकले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) सम्बन्धी निर्देशिका, २०८३ तथा कर्णाली प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८३ पनि स्वीकृत गरेको प्रवक्ता खड्काले जानकारी दिइन् ।
प्रकाशित मितिः १९ कार्तिक २०८३, बुधबार ०५:०४
साझा बिसौनी ।