वातावरणको चौबिसौं साधारणसभा सम्पन्न

सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–८, सुर्खेतको चौबिसौं वार्षिक साधारणसभा अन्तर्गत एकाई नं. २ को एकाई बैठक आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सहकारी ऐन नियम अनुसार एकाई बैठकहरूमार्फत वार्षिक साधारणसभाहरू सञ्चालन गर्नुपर्ने व्यवस्था भएबमोजिम दैलेख, सल्यान र सुर्खेत उपत्यका बाहिर रहेका एकाईहरूको एकाई बैठक समापन पश्चात आइतवार एकाई नं. २ अन्तर्गत वीरेन्द्रनगर क्षेत्रमा रहेका सदस्यहरूको उपस्थितिमा वीरेन्द्रनगरमा वार्षिक साधारणसभाको एकाई बैठक सम्पन्न भएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै संस्थाका पूर्व अध्यक्ष तथा संस्थागत सल्लाहकार कृष्णप्रसाद पौडेलले वातावरणले आफ्नो उद्देश्य अनुसारका कार्यक्रमहरू कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तार गरेर सदस्यहरूलाई आत्मनिर्भर बनाउन ठूलो योगदान पु¥याएको बताउँदै राज्यको तीन खम्बे अर्थ नीतिको एक महŒवपूर्ण खम्बाको रूपमा रहेको सहकारीहरूको व्यवस्थापनका लागि राज्यले पनि महŒवपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

संस्था सञ्चालक समितिका अध्यक्ष खगेन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न चौबिसौं वार्षिक साधारणसभाको एकाई बैठकले संस्थाका सचिव पोषणराज रेग्मी र कोषाध्यक्ष हिरा बुढा मगरले पेश गरेको संस्थाको चालु आर्थिक वर्षको सात अर्व नौ करोड, ८२ लाख, ५२ हजार रूपैयाँ बराबरको संशोधित र आगामी आर्थिक वर्षको लागि आठ अर्ब चार करोड १४ लाख ७२ हजार रूपैयाँ बराबरको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको छ ।

त्यस्तै वार्षिक साधारणसभाको अवसरमा संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट उद्यमी सदस्य, उत्कृष्ट केन्द्र प्रमुख र ज्येष्ठ सदस्यहरू तथा उत्कृष्ट केन्द्रहरूलाई पनि सम्मान तथा पुरस्कृत गरिएको छ भने उत्कृष्ट अंक प्राप्त गर्ने संस्थाका सदस्यहरूका छोराछोरीहरूलाई प्राथमिक तथा उच्च शिक्षा छात्रवृत्ति समेत प्रदान गरिएको कार्यकारी प्रवन्धक आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः   १९ आश्विन २०८३, सोमबार १६:१७