भायानेटले ल्यायो अफर नै अफर

सुर्खेत: इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि विभिन्न अफर ल्याएको छ । वाइफाई जडान निःशुल्क दिनेदेखि मासिक तथा वार्षिक प्याकेजमा पनि छुटसहितका सुविधा दिएको हो ।
भायानेटले नवीनतम् वाइफाई–६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज १३ हजार आठ सय रूपैयाँ प्रति वर्ष (करसहित) उपलब्ध गराउँदै आएको छ । यो अफरअन्तर्गत दुई हजार आठ सय २५ पर्ने वाइफाई–६ ओएनयू जडान शुल्क अब नलाग्ने भएको छ । केवल एक हजार रूपैयाँ डिपोजिट मात्र गरे पुग्नेछ । प्याकेज छिटो, भरपर्दो र आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकहरूका लागि उपयुक्त हुने जनाइएको छ ।
अब भायानेटका ग्राहकहरूले भायाटिभी प्रतिमहिना दुई सय ५० रूपैयाँ (करसहित) थप गर्न सक्नेछन् । जसमा दुई सयभन्दा बढी च्यानल, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिजलगायतका मनोरञ्जन सुविधा पनि उपलब्ध छन् । साथै, वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट–टप–बक्सका लागि दुई हजार दुई ६० पर्ने सक्रिय शुल्क तिर्नुपर्ने छैन । सेट–टप–बक्सका लागि केवल एक हजार रूपैयाँ डिपोजिट गरे पुग्ने भायानेटले जनाएको छ ।
यसैगरी ग्राहकहरूलाई थप फाइदा दिन भायानेटले ‘डामी एप’सँग पनि सहकार्य गरेको छ । जसअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले एक हजार पाँच सय रूपैयाँ बराबरको एक वर्षको डामी एप सदस्यता निःशुल्क पाउन सक्नेछन् । डामी एपमार्फत ग्राहकहरूले रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसललगायत विभिन्न ठाउँमा आकर्षक छुट पाउने जनाइएको छ । यो सुविधा भने हाल काठमाडौं, पोखरा र चितवनका ग्राहकहरूका लागि मात्र लागू हुनेछ ।
भायानेटको उच्च गतिको वाइफाई–६ इन्टरनेट, भायाटिभीको मनोरञ्जन सुविधा र डामी एपको बचत सुविधासँगै ग्राहकहरूले घरमै राम्रो मनोरञ्जन र बाहिर किनमेल तथा सेवामा थप बचतको लाभ लिन सक्नेछन् ।
भायानेटले यो सिजनको लागि ‘अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै’ नारासहितको सन्देश दिएको छ । जसअन्तर्गत अब भायाटिभी ग्राहकहरूले फुटबल विश्वकप–२०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन् । फुटबल विश्वकपको नेपालमा प्रसारण गर्ने अधिकार हिमालय टिभीसँग रहेको छ । हिमालय टिभीले तोकेको दरअनुसार ग्राहकहरूले नौ सय ९९ रूपैयाँ प्रति टिभीमा कुपन खरिद गरी भायाटिभीमार्फत हिमालय स्पोट्र्स च्यानलमा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् ।
ग्राहकहरूले इ–सेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस लगायतका अनलाइन भुक्तानी एपमा ‘भायानेट खोजेर आफ्नो भायानेट ग्राहक आईडी राखी कुपन खरिद गर्न सक्नेछन् । साथै, भायाटिभीमा हिमालय स्पोट्र्स च्यानल खोल्दा देखिने क्युआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिनेछ । भुक्तानी पूरा भएपछि ग्राहकहरूले भायाटिभीमा हिमालय स्पोट्र्स च्यानल खोली, खरिद गरिएको कुपन छानेर च्यानल सक्रिय गर्न सक्नेछन् ।
एउटा कुपन एउटा टिभीमा मात्र प्रयोग गर्न सकिनेछ । एकपटक कुनै टिभीमा सक्रिय गरिसकेपछि उक्त कुपन अर्को टिभीमा सार्न मिल्नेछैन । ग्राहकहरूले नजिकको भायानेट आउटलेटमा गएर पनि कुपन खरिद गर्न सक्नेछन् ।
प्रकाशित मितिः २६ जेष्ठ २०८३, मंगलवार १६:४९
साझा बिसौनी ।