विद्यार्थीलाई शैक्षिक सामग्री

सुर्खेत: वीरेन्द्रनगरका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । रोयल लुब्रिकेन्टसको सहयोगमा आर.के ब्रोदर्स एण्ड टायर सप्लायर्सको समन्वयमा वीरेन्द्रनगर–११ स्थित कालिका प्राथमिक विद्यालयका ६० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
बाल शिक्षाको लागि सहयोग ‘एक लिटरमा एक रूपैयाँ’ भन्ने नारालाई आत्मसाथ गर्दै शैक्षिक सामग्री वितरण गरिएको आर.के ब्रोदर्स एण्ड टायर सप्लायर्सका सञ्चालक राजन चपार्इंले जानकारी दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम कँडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश परियार, समाजसेवी चन्द्रलाल चपाईंलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २० जेष्ठ २०८३, बुधबार १५:५०
साझा बिसौनी ।