क्षमता बढाउन कार्यशाला

सुर्खेत: कर्णालीमा बालिका तथा समावेशी शिक्षा सञ्जालको क्षमता विकासका लागि कार्यशाला गरिएको छ । बिहीवार वीरेन्द्रनगरमा प्रदेश र स्थानीय तहमा रहेका बालिका तथा समावेशी शिक्षा सञ्जाललाई सदृढ र कार्यान्वयमुखी बनाउन क्षमता विकास कार्यशाला गरिएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको कार्यशाला एक्सेस परियोजनाको अगुवाईमा सम्पन्न भएको हो । एक्सेस परियोजना युरोपियन युनियनको सहयोग, पिपुल इन निडको नेतृत्वमा एकाउन्टेबिलिटी ल्याब, नेपाल अपाङग महिला संघ र शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा सञ्चालित परियोजना हो । पिपुल इन निडका कर्णाली प्रदेश संयोजक मञ्जु लोहनीले सञ्जालका सदस्यहरूको क्षमताअभि वृद्धि गरेर उनीहरूको भूमिका तथा जिम्मेवारी स्पष्ट पार्न र प्रणालीगत समन्वयलाई प्रभावकारी बनाउन कार्यशाला आयोजना गरिएको बताइन् । उनका अनुसार लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण उत्तरदायी र समावेशी शिक्षाको प्रभावकारी प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालाको उद्घाटन सत्रमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारको पहिलो अधिकार स्थानीय तहमै रहेकोले स्थानीय तहबाटै पहल गर्न आवश्यक रहेको बताए । उनले समावेशी शिक्षाका निम्ति संवैधानिक अधिकारसहितको जिम्मेवारी र कर्तव्यबमोजिम नै सरकारी निकायले प्राथमिकताकता दिने उल्लेख गरे । मन्त्री भण्डारीले विकास पूर्वाधार गाँउ पुग्ने र विद्यार्थी सहर पुग्ने प्रवृत्तिलाई कम गर्न कार्यशाला केन्द्रित हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मितिः १५ जेष्ठ २०८३, शुक्रबार १७:१३
साझा बिसौनी ।