रैथाने उत्पादनबारे इजरायली राजदूतको चासो
सुर्खेत: कर्णालीका युवाहरूले कर्णालीको रैथाने उत्पादनको अन्तर्राष्ट्रिय बजारबारे इजरायली राजदूतसँग छलफल गरेका छन् । आशिष देवकोटासहितको टोलीले नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग भेटेर छलफल गरेका हुन् ।
छलफलका क्रममा राजदूत बासले कर्णालीको कृषि आधुनिकीकरण, रैथाने बालीहरूको अन्तर्राष्ट्रिय बजारीकरण, जडिबुटीको संरक्षण तथा निर्यात प्रवद्र्धनलगायतका विषयमा चासोपूर्वक छलफल गरेको देवकोटाले बताए ।
देवकोटाले कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने बालीहरू कागुनो, चिनो, मार्सी चामल, कोदो, रनालो इजरायलसम्म निर्यात गर्न सकिने बताएका थिए । त्यसका लागि दूतावासले पहल गरिदिन आग्रह गरे । यस्तै जडिबुटीहरूमा यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा, घुच्ची च्याउजस्ता उत्पादन इजरायलको बजारसम्म पुग्नसक्ने दुवै देशका लागि लाभदायक हुने कुरा स्मरण गराएको उनले बताए ।
प्रकाशित मितिः ५ जेष्ठ २०८३, मंगलवार ०५:०२
साझा बिसौनी ।