नेपाली सेनाद्वारा हवाई गस्ती
सुर्खेत: निर्वाचनमा अतिसंवेदनशील तोकिएका मतदान स्थलहरूमा नेपाली सेनाले हवाई गस्ती गर्ने भएको छ । बुधवारदेखि नै उत्तर पश्चिम पृतना हेडक्वाटर मातहतका ६ जिल्लामा हवाई गस्ती सुरु गरेको छ । मतदान हुने दिनलाई लक्षित गर्दै अतिसंवेनदशील क्षेत्र तोकिएका जिल्लाहरूमा हवाई गस्तीबाट अनुगमन तथा निर्वाचन स्थल अवोलोकन गर्ने उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतना पति दीपेशजंग शाहले जानकारी दिए ।
कालीकोट, जाजरकोट, डोल्पा, सुर्खेत, बाँके र बर्दिया दुईदिन हवाई गस्ती गरिने बताए । ‘हाम्रो पृतना मातहमा रहेका जिल्लाका अतिसंवेदनशील तीन सय ५६ वटा मतनाद स्थल अति संवेदनशील रहेका छन् । आश्यवक परेको अवस्थामा हवाई साधनबाटै तैनाथ फौजहरू परिचालन गर्न सकिने भएकाले संवेदनशील एरियामा गस्ती गरिएको छ । उनले भने, ‘निर्वाचनको दिनमा आवश्यक फौजसहित हवाई गस्ती गर्ने योजना छ ।’ यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार कर्णाली प्रदेशका १० जिल्लामा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् भने संवेदनशील, चार सय २२ वटा र एक सय ६० वटा सामान्य रहेका छन् ।
प्रकाशित मितिः २१ फाल्गुन २०८२, बिहीबार ०५:०१
साझा बिसौनी ।