सुर्खेतमा ‘र्यापिड ड्रग टेस्ट’ कार्यक्रम
सुर्खेत: लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि ‘¥यापिड ड्रग टेस्ट’ कार्यक्रम सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध परीक्षण किटमार्फत सेवनकर्ताको पहिचान गर्न थालेको हो । सुर्खेतमा लागुऔषध सेवनकर्ताको संख्या उल्लेख्य रूपमा बढ्दै गएको पाइएपछि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ¥यापिड ड्रग टेस्ट सञ्चालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतसहित विभिन्न सरोकारवालाहरूसँगको समन्वय र साझेदारीमा कार्यक्रम कार्यान्वयन हुनेछ । परीक्षण किट व्यवस्थापन, परीक्षण स्थल तोक्ने, जनचेतना अभिवृद्धि, परीक्षण प्रतिवेदन तयार गर्ने तथा आवश्यक परे पुनस्र्थापनासम्मको काम गरिने जनाइएको छ । लागुऔषध परीक्षणका लागि आधुनिक परीक्षण किट प्रयोग गरिनेछ । यो किटद्वारा मुखको लार र पिसाबको माध्यमबाट कोकेन, ओपिएट्स, हिरोइन, गाँजा, केटामिन, फेन्टानिलसहित १२ प्रकारका लागुऔषध एकै पटक परीक्षण गर्न सकिने छ ।
कार्यक्रमको लक्षित वर्गमा लागुऔषध कसुरमा संलग्न व्यक्ति, सेवनको संकेत देखिएका किशोर तथा युवा, सार्वजनिक सवारी साधनका चालक–परिचालक र शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरू रहेका छन् । परीक्षण स्थलका रूपमा वीरेन्द्रनगर बसपार्क, मेहलकुना, छिञ्चु, बाबियाचौर, जहरेलगायतका विभिन्न क्षेत्र तोकिएका छन् ।
प्रकाशित मितिः १९ माघ २०८२, सोमबार ०९:५४
साझा बिसौनी ।