भरतपुर महानगरमा देवीले बढाए रेणुसँगको अग्रता

भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालसंगको मतान्तर पुनः बढाएका छन् ।

विहीबार साँझसम्मको मत गणनामा रेणुले मताअन्तर घटाएपनि शुक्रबार विहान पुनः एमालेका ज्ञवालीको मत बढेको छ ।

ज्ञवालीको अग्रता घटेर १३ सय ३७ सम्म आइपुगेको थियो । जतिवेला देवीको मत ३२ हजार २५३ र रेणुको मत ३० हजार ९१६ रहेको थियो ।

शुक्रबार विहान ज्ञवालीले १५३८ मतान्तरका साथ अग्रता लिएका छन् । ज्ञवालीको मत ३४ हजार २५० छ भने रेणुको ३२ हजार ७१२ मत छ ।

१६ नं। वडाको मत गणना हुँदै गर्दा ज्ञवालीको मतान्तर बढेको हो ।

राप्रपाका मेयरका उम्मेदवार बद्रि तिमिल्सिनाको मत ५०७४ छ ।

यस्तै उपमेयरमा भने कांग्रेसकी पार्वती शाहले ३६ हजार ३०८ मत प्राप्त गरी अग्रता लिइरहेकी छन भने एमालेकी दिब्य शर्माको मत ३० हजार ९९९ रहेको छ ।

प्रकाशित मितिः   १२ जेष्ठ २०७४, शुक्रबार १२:३७