सदस्य सचिवका लागि प्रारम्भिक सूची
सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवका लागि प्रारम्भिक चरणमा दश जना छनोट गरिएको छ । २१ जनाको आवेदन परेकोमा योग्यता र अनुभवका आधारमा दश जनाको प्रारम्भिक सूची तयार पारिएको हो ।
प्रारम्भिक सूचीमा वर्णानुक्रमअनुसार चेतनराज गिरी, जगतप्रसाद रिजाल, दिपक हाल, दिलिप बस्याल र पंखबहादुर मल्ल परेका छन् । त्यसैगरी पवनकुमार थापा, प्रभात थापा, प्रमोद हमाल, रविन्द्र चन्द र हेमा खड्का पनि प्रारम्भिक सूचिमा छन् ।
छानिएका दशजनासँग अब अन्तरवार्ता लिइनेछ । सोही आधारमा तीन जना छनोट गरेर सदस्य सचिव नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइनेछ । मन्त्रिपरिषद्को बैठकले यसरी सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई सदस्य सचिव नियुक्त गर्नेछ । माघ ३ गते अन्तरवार्ताका लागि बोलाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गत मंसिर ९ गते सदस्य सचिवका लागि आवेदन आह्वान गरेको थियो । जसमा २१ जनाले दरखास्त दिएका थिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव छनोट सम्बन्धी मापदण्डअनुसार मूल्यांकन गरेर प्रारम्भिक सूची तयार पारिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः १ माघ २०८२, बिहीबार ०५:०१
साझा बिसौनी ।