ग्लोबलको वार्षिकोत्सवमा रक्तदान

सुर्खेत: ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको छ । १९औँ वार्षिकोत्सवको अवसर पारेर बैंकको सुर्खेत शाखाले शुक्रवार वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

शाखा कार्यालय प्रांगणमा आयोजित कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम गरिएको शाखा प्रबन्धक पदम तिमिल्सेनाले जानकारी दिए । उनले बैंकलाई सामाजिक सेवामा जोड्नका लागि समय–समयमा विभिन्न कार्यक्रम र गतिविधि गर्ने गरिएको समेत जनाए ।

प्रकाशित मितिः   १९ पुष २०८२, शनिबार ०५:०२