प्रदेश ६ का कुन जिल्लामा कुन दल भए खाली ?

प्रदेश नम्बर ६ मा वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको मतगणना सम्पन्न भएर परिणाम पनि सार्वजनिक भइसकेको छ । प्रदेशका १० वटा जिल्लाको परिणाम अनुसार एमाले २७ वटा स्थानीय तह जितेर पहिलो बनेको छ भने कांग्रेस र माओवादी केन्द्रले समान २५/२५ स्थानीय तह जितेका छन् । दुई वटामा भने स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन् ।

प्रदेश ६ का केही जिल्लामा प्रमुख तीन दल नै नतिजा शून्य भएका छन् ।

सबैभन्दा बढी स्थानीय तह जितेर पहिलो दल बनेको एमाले रुकुममा भने खाली भयो । रुकुमका सात वटै स्थानीय तह माओवादी केन्द्रले जितेपछि रुकुममा एमाले र कांग्रेस लगायतका दलहरुको पक्षामा नतिजा शून्य भएको हो ।

यस्तै नेपाली कांग्रेस रुकुम र डोल्पामा खाली हुँदा माओवादी केन्द्र भने प्रदेश ६ का तीन वटा जिल्लामा खाली हुन पुग्यो । सुर्खेत, दैलेख र मुगुमा माओवादी केन्द्रले कुनै पनि तहमा जित हात पार्न सकेन ।

प्रकाशित मितिः   १० जेष्ठ २०७४, बुधबार १३:५६