तिहारको चहलपहल
सुर्खेत: तिहार सुरू भएसँगै बजारमा चहलपहल बढेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा तिहारका सरसामान किनमेल गर्नेको भिड लागेको छ । उपभोक्ताहरूले लक्ष्मीपूजा र भाइटीकाका दिन आवश्यक पर्ने सामान खरिद गर्न थालेका हुन् । उपभोक्ताको घुइँचोले बजारमा तिहार सुरू भएको जनाउ मात्र दिएको छैन, रौंनक पनि थपिदिएको छ ।
चाडपर्वमा अन्य बेलाभन्दा धेरै चहलपहल हुन्छ । यो समयमा आर्थिक कारोबार समेत राम्रो हुने गरेको व्यवसायीहरू बताउँछन् । अहिले सर्वसाधारण उपभोक्ताहरूको भिडले कर्णालीको प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर बजार क्षेत्र गुल्जार छ । पसलहरू झकिझकाउ छन् । तिहारमा भाइमसला, झिलिमिली बत्ति र खासगरी कृत्रिम फूलबाट बनेका मालाहरू बजारबाट किन्ने चलन छ । तिहारमा चाहिने अत्यावश्यक वस्तुको मूल्य भने हरेक वर्ष बृद्धि हुँदै गएको स्थानीय व्यापार लक्ष्मी पौडेलको भनाइ छ । यो वर्ष गतवर्षहरू भन्दा आयातीत बस्तुहरूको माग धेरै छ ।


साझा बिसौनी ।