५० करोडको कारोबार

सुर्खेत: साना किसान कृषि सहकारी संस्था वीरेन्द्रनगर–३ उत्तरगंगाले एक वर्षमा ५० करोड बढीको कारोबार गरेको छ । संस्थाको मंगलवार वीरेन्द्रनगरमा सम्पन्न २९औँ वार्षिक साधारण सभामा दिइएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले ५० करोड ६४ लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार गरेको हो । चालु आर्थिक वर्ष २०८२/०८३ मा ५६ करोड ५२ लाख ७५ हजार बराबरको कारोबार लक्ष्य संस्थाले राखेको छ ।

संस्थाका अध्यक्ष चाँदनी ढकालको अध्यक्षता तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था सुर्खेतका प्रबन्धक रामजनक चौधरीको प्रमुख आतिथ्यतामा भएको सभामा विभिन्न पुरस्कार तथा सम्मान प्रदान पनि गरिएको छ । वृद्ध सदस्य सम्मान, अपाङ्गता सदस्य सम्मान, एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कार प्रदानलगायतका गतिविधि गरिएिको संस्थाका प्रबन्धक चित्रप्रसाद रेग्मीले जानकारी दिए ।

त्यसैगरी स्थापना दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितासहित म्युजिकल चेयर र बेलुन फुटाउने खेल पनि सञ्चालन गरिएको थियो । उत्कृष्ट सेयर खरिदकर्ता, उत्कृष्ट ऋणि, बाल बचतकर्ता, उत्कृष्ट व्यवसायीहरूलाई पनि सम्मान गरिएको छ ।

साधारण सभाले नयाँ पदाधिकारी चयन पनि गरेको छ । जसको अध्यक्षमा विन्द्रा थापा, उपाध्यक्षमा मिनाकुमारी थापा छन् भने सदस्यहरूमा सुशीला डाँगी गौतम, रिता शर्मा, शान्ती थापा, रेखा जैसी, खगिसरा राना, सुमित्रा गिरी र पार्वती गिरी रहेका छन् ।

प्रकाशित मितिः   ८ आश्विन २०८२, बुधबार १७:३२