कालिकोटको कालिका गाउँपालिकामा एमाले विजयी

कालिकोटको कालिका गाउँपालिकामा एमाले विजयी भएको छ ।

एमालेका खडानन्द चौलागाईं २ हजार २ सय ७४ मतसहित अध्यक्षमा निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोविन्द आचार्यले १ हजार ५ सय २ मत पाए ।

उपाध्यक्षमा एमालेकै पम्फा कुमारी शाही १ हजार ९ सय ८९ मतसहित विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी नेमकिपाका दीपेन्द्रबहादुर शाहीले १ हजार ४ सय ३ मत पाए ।

वडाका ३,४,५,६ एमाले, २ र ८ माओवादी केन्द्र र वडा नं १ र ७ मा कांग्रेस विजयी भयो ।