नारायण नगरपालिका प्रदेशकै उत्कृष्ट

 

सुर्खेत: कार्यसम्पादन मूल्याङ्कनमा दैलेखको नारायण नगरपालिका कर्णाली प्रदेशकै उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा नारायण सबैभन्दा धेरै अंकसहित प्रदेशकै पहिलो भएको हो ।

देशभरका स्थानीय तहहरूको गुणस्तर र कार्यसम्पादन परीक्षणपछि नतिजा सार्वजनिक गरिएको छ । जसमा नारायण नगरपालिकाले कूल ८८.२५ अंक प्राप्त गरेको छ । त्यसपछि दोस्रो स्थानमा सल्यानको त्रिवेणी गाउँपालिका छ । त्रिवेणीले ८५ अंक पाएको छ ।

त्यसैगरी रूकुमपश्चिमको चौरजहारी नगरपालिका ८४ सहित तेस्रो, सुर्खेतको लेकवेशी नगरपालिका ८३.५० अंकसहित चौथोँ हुँदा समान ८३ अंकसहित हुम्लाको खार्पुनाम गाउँपालिका र रूकुमपश्चिमको आठबिसकोट नागरपालिका पाँचौ र छैठौँ स्थानमा रहेका छन् ।

यसपछि रूकुमपश्चिमकै त्रिवेणी गाउँपालिका, दैलेखको दुल्लू नगरपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले पनि समान ८२.७५ अंक प्राप्त गरेर कर्णाली प्रदेशका उत्कृष्ट १० स्थानीय तहमा आफ्नो स्थान बनाएका छन् । दशौँ नम्बरमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका छ । वीरेन्द्रनगरले ८२.५० अंक पाएको छ ।

मूल्यांकनमा कम्तीमा ८० वा त्योभन्दा माथि अंक प्राप्त गर्ने कर्णालीका अन्य पालिकाहरूमा जुम्लाको कनकासुन्दरी गाउँपालिका, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका, डोल्पाको काइके गाउँपालिका, सुर्खेतको बराहताल गाउँपालिका, भेरीगंगा नगरपालिका र हुम्लाको सिमकोट गाउँपालिकाले समान ८२/८२ अंक पाएको छन् ।

डोल्पाको शेफोक्सुण्डो गाउँपालिका, सुर्खेतको गर्भाकोट नगरपालिका र हुम्लाको नाम्खा गाउँपालिकाले पनि समान ८१.७५ अंक पाएका छन् । जाजरकोटको नलगाड नगरपालिका र दैलेखको महाबु गाउँपालिकाले समान ८१.५० तथा डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाले ८१.२५ र दैलेखको डुङ्गेश्वर गाउँपालिकाले ८१ अंक पाएको जनाइएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका, दैलेखको भगवतीमाई गाउँपालिका, डोल्पाको छार्का ताङसोङ गाउँपालिकाले पनि समान ८०.७५ अंक, कालीकोटको नरहरिनाथ गाउँपालिका र रास्कोट नगरपालिका तथा सुर्खेतको चौकुने गाउँपालिकाले समान ८०.५० अंक पाउँदा जाजरकोटको छेडागाड नगरपालिका र मुगुको खत्याड गाउँपालिकाले पनि समान ८० अंक पाएका छन् । कर्णालीका अन्य पालिकाले भने त्यसभन्दा कम अंक पाएका छन् ।

प्रकाशित मितिः   ९ भाद्र २०८२, सोमबार ११:०१