प्राध्यापकहरुको आन्दोलन फिर्ता

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले आन्दोलन फिर्ता लिएका छन् । विश्वविद्यालय प्रशासनसँगको वार्तामा सहमति जुटेपछि उनीहरूले आइतवारदेखि आन्दोलन स्थगित गरेका हुन् ।

विश्वविद्यालयद्वारा गठित वार्ता समिति र आंशिक प्राध्यापक संघबीच भएको औपचारिक वार्ताबाट सहमति कायम भएको हो । विश्वविद्यालयको समितिले पेस गरेको ‘विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकहरूको वस्तुगत अवस्थाको अध्ययन प्रतिवेदन–२०८२’ बमोजिम सहमति कार्यान्वयन हुने गरी आन्दोलनका कार्यक्रम फिर्ता लिइएको संघले जनाएको छ ।

वार्ता समितिले सहमति कार्यान्वयनका लागि सहमतिको दस्ताबेज विश्वविद्यालयका प्रमुख पदाधिकारीहरूलाई हस्तान्तरण गरेको छ । विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले लामो समयदेखि आन्दोलन गरिरहेका थिए ।

 

प्रकाशित मितिः   ५ श्रावण २०८२, सोमबार ०५:०१