सांसद विष्टको पुस्तक विमोचन

सुर्खेत: कर्णाली प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले आफ्नो अनुभवसहितको पुस्तक प्रकाशन गरेका छन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका विष्टद्वारा लिखित ‘कर्णाली प्रदेशसभामा आधा कार्यकाल’ पुस्तक बुधवार विमोचन गरिएको छ ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ्ग, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र राजकुमार शर्माले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् । लेखक विष्टले कर्णाली प्रदेशसभाको आधा कार्यकायलसम्मको ऐतिहासिक क्षणमा आफूले निभाएका महŒवपूर्ण भूमिकालाई आम नागरिकसँग पु¥याउने उद्देश्यले पुस्तक तयार पारेको बताए ।

एक सय पृष्ठ लामो यो पुस्तकमा चुनावमा टिकट वितरणदेखि ज्येष्ठ सदस्यका नाताले प्रदेशसभा बैठक सञ्चालन गर्दाको अनुभवसम्म समेटिएको छ । त्यसैगरी प्रदेशसभाले निर्माण गरेका कानुन र दलको तर्फबाट सभामा उठाएका महŒवपूर्ण सवालहरूलाई क्रमबद्ध रूपमा उल्लेख गरेका छन् । प्रदेशसभा सदस्यकारूपमा विष्टको अनुभवका साथसाथै सभाको आधा कार्यकाललाई बुझ्न पुस्तकले सहयोग पु¥याउँछ ।

प्रकाशित मितिः   २६ असार २०८२, बिहीबार ०८:५६