नगरपालिका र विश्वविद्यालयबीच सम्झौता

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको छ । नगर प्रमुख मोहनमाया ढकाल र विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमबीच सम्झौता भएको हो ।
मध्यपश्चिम विश्वविद्यालयले आफ्नो १५औँ वार्षिक उत्सवको अवसरमा उक्त सम्झौता गरेको जनाएको छ । स्थानीय ज्ञान सीप प्रवद्र्धनदेखि वैकल्पिक ऊर्जा सुधारलगायत सार्वजनिक महŒवका विषयमा सहकार्य गरेर अघि बढ्ने उदेश्यले सम्झौता भएको जनाइएको छ । नगरप्रमुख ढकालले सम्झौता पत्रमा सार्वजनिक सेवा सान्दर्भिक अनुसन्धान, प्रचार–प्रसार र प्रकाशन, वैकल्पिक ऊर्जा र वातावरणीय सुधारका कार्यक्रम रहेको जानकारी दिइन् । उनका अनुसार विश्वविद्यालयसँग सामाजिक जनचेतना, तालिम, गोष्ठीलगायतका क्षमता विकासका कार्यक्रम र स्थानीय वस्तु तथा सेवा र उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।
नगरप्रमुख ढकालले स्थानीय स्तरमा गर्ने अध्ययन, विश्लेषण र अनुसन्धान गरी सेवा प्रवाहमा नगरपालिकाले सहकार्य गर्दै आएको बताइन् । उनले भनिन्, ‘कार्यगत क्षेत्रका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, सामाजिक कार्य र सुशासनसम्बन्धी व्यवस्थापनमा थप प्रभावकारी बनाउन विश्वविद्यालयसँग सहकार्य गरेका हौँ । नगरबासीका आवश्यकता र चाहनाहरूको परिपूर्ति गर्न दीर्घकालीन र बलियो सहकार्यको लागि क्षेत्रहरूको पहिचान गर्दै काम अघि बढाइरहेका छौँ ।’
सम्झौता पत्रमा भौतिक पूर्वाधार विकास र स्रोत व्यवस्थापन, मानव स्रोत, सूचना, तथ्याङ्क, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्तिलगायतका स्रोतहरूमा सहयोग, आदानप्रदान र सहकार्य गर्ने तथा वर्गीकृत समुदायका लागि छात्रवृद्धि प्रदान गर्ने, स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिको खोजी तथा प्रवद्र्धन र स्थानीय महŒवका र आपसी सहमतिमा गर्न सकिने अन्य कार्यहरू समावेश छन् । दुवै निकायबीच भएको सहमति चार वर्षको रहेको र थप नवीकरण गर्न सकिने उल्लेख छ ।
प्रकाशित मितिः ४ असार २०८२, बुधबार ०८:५१
साझा बिसौनी ।