कार्यविधि स्वीकृत
सुर्खेत: मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रम कार्यविधि–२०८१ स्वीकृति गरिएको छ । शुक्रवार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो ।
कार्यविधिअनुसार अब कृषि उद्योग, पर्यटनलाई प्राथमिकता दिएर योजना बन्ने सरकारका प्रवक्ता समेत रहेका मन्त्री विनोदकुमार शाहले बताए । उनका अनुसारसंगठन संरचना अध्ययन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । लक्ष्मण अर्यालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । उक्त समितिले असार १५ गतेभित्र अध्ययन गरेर प्रतिवेदन बुझाउने जनाइएको छ ।
सामाजिक विकास मन्त्रालयको रिक्त सचिवमा अर्जुन गौतमलाई कामकाजका लागि खटाउने निर्णय गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको प्रादेशिक सडक सञ्जाल गुरुयोजना पास गरिएको समेत प्रवक्ता शाहले बताए ।
प्रकाशित मितिः ७ बैशाख २०८२, आईतवार १७:३८
साझा बिसौनी ।