‘पूर्वाग्रह नराखेर सेवा प्रवाह’

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारअन्र्तगत खुल्ला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरता भन्दा कार्यसम्पादनलाई प्रमुख ठानेर काम गर्नुपर्ने बताएका हुन् ।

समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले अब सबै तहका कर्मचारीहरुले समाजलाई सकारात्मक दृष्टिकोण बनाउने गरी काम थाल्नु पर्नेमा जोड दिए । उनले भने, ‘हिजोको जस्तो छैन, नागरिक सचेत भइसकेका छन्, तपाईंहरुको कामको मूल्याङ्कन
नागरिकस्तरबाटै भइरहेको छ ।’

आफ्नो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत बढाउने काममा नलाग्न मुख्यमन्त्री कँडेलले कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘तपार्इंहरु नै भोलीको प्रदेश सचिव, प्रमुख सचिवको हकदार हो, इमान्दारिताले त्यो स्थानमा पुग्न सकिन्छ तर म अधिकृत भएँ भन्दै भनेर प्रचलित कानुनको विपरित गएर काम गर्नुभयो भने, तपाईंहरुकै करियर समाप्त हुन्छ ।’

निजामति कर्मचारी समाजको पथपर्दशक पनि भएकोले सामाजिक रुपान्तरणमा कर्मचारीहरु महŒवपूर्ण योगदान दिन सक्ने मुख्यमन्त्री कँडेलले धारणा राखे । कर्मचारीले राम्रो काम गरेर देखाए त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने र नागरिकलाई थितिमा हिड्न बाध्य पार्ने पनि मुख्यमन्त्री कडेललको भनाइ थियो ।

सरकारका नितिगत निर्णयमा राजनीतिक नेतृत्व जिम्मेवार भएपनि निर्णय कार्यान्वयन गर्ने प्रमुख दायित्व कर्मचारी संयन्त्रको भएकोले कर्मचारीको कार्यसम्पादनबाटै सरकारको उपलब्धी देखिने पनि उनको भनाई थियो । विकास र समृद्धि भनेको एकल यात्रा नभएर सामुहिक यात्रा भएकोले आ आफनो ठाँउबाट सबैले योगदान दिन सके समृद्धि टाढा नरहेको पनि मुख्यमन्त्री कँडेलले बताउ ।

प्रकाशित मितिः   २३ फाल्गुन २०८१, शुक्रबार ०९:३२