तेस्रो दीक्षान्त समारोह हुँदै
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोह गर्दै छ । शुक्रवार तेस्रो दीक्षान्त समारोह आयोजना गरिएको जनाइएको छ ।
विश्वविद्यालयका डीन लिलाधर तिवारीका अनुसार दीक्षित हुनेमा स्नातक तहमा दुई हजार एक सय ८९, स्नातकोत्तर तहका एक हजार ६ सय ३३, दर्शनाचार्य तहमा १९ जना विद्यार्थी रहेका छन् । जसमध्ये आठ सय ८५ जनाले सहभागिताका लागि आवेदन दिएका छन् ।
स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीन जनाले कुलपति पदकसमेत पाउनेछन् । त्यसैगरी स्नातक तहमा सर्वोत्कृष्ट भएका तीन जनाले उपकुलपति पदक, सबै ग्य्राजुएट स्कुलहरूबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना गरी ३५ जनाले प्रमाणपत्रसहित पदक पाउने जनाइएको छ ।
दीक्षान्त समारोहमा सहभागी हुन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आउँदैछन् । सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहित सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरू विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामाको समेत सहभागिता रहने जनाइएको छ ।
साझा बिसौनी ।