विद्यार्थीद्वारा कृषि बजारको अवलोकन
सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित बि.जी. एकेडेमी एण्ड रिसर्च सेन्टरका विद्यार्थीहरूले कृषि बजारको अवलोकन भ्रमण गरेका छन् । बुधवार वीरेन्द्रनगर–६ स्थित कृषि थोक बजारसँगै स्थानीय बजारको अवलोकन गरेका हुन् ।
अतिरिक्त क्रियाकलापअन्तर्गत सैद्धान्तिक तथा व्यावहारिक रूपमा फलफूल तथा तरकारीको बारेमा जानकारी गराउने उद्देश्यले कक्षा १ र २ मा अध्ययनर विद्यार्थीहरूलाई भ्रमण गराइएको हो । फलफूल तथा तरकारी पाउने स्थानमा प्रत्यक्ष अवलोकन गराउँदा विद्यार्थीमा व्यावहारिक ज्ञानको विकास हुने भएकाले भ्रमण तथा अवलोकन कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरूले भ्रमणका क्रममा कृषि थोक बजार, स्थानीयस्तरमा उत्पादन भएका फलफूल तथा तरकारी र त्यसको गुणस्तरीयतालगायतको विषयमा जिज्ञाशा राखेका थिए । जिज्ञाशाको सहजीकरण एकेडेमीका शिक्षकहरू शोभा शाही, तारा ढकाल र सविता बुढाले गरेका थिए ।
यसैबीच विद्यार्थीहरूले संस्थाद्वारा संचालित बि.जी. एग्रिकल्चर एण्ड रिसर्च सेन्टरको पनि अवलोकन गरेका छन् । ‘प्रोजेक्ट वर्क’को रूपमा भ्रमण तथा अवलोकन कार्यक्रमको आयोजना गरिएको हो ।
साझा बिसौनी ।