प्रेस सेन्टर सुर्खेतको अध्यक्षमा विश्वकर्मा
सुर्खेत: प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुर्खेतको अध्यक्षमा पुनः टेकेन्द्र विश्वकर्मा चयन भएका छन् । बुधवार सम्पन्न छौठौँ जिल्ला अधिवेशनले विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।
उपाध्यक्षमा पंखबहादर शाही र कमला खड्का भारती छन् भने सचिवमा खिमबहादुर बुढा, सहसचिवमा अभिषेक सिंह र डिलु वि.क. तथा कोषाध्यक्षमा मालती वि.क. लाई चयन गरिएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा रोमन गिरी, भगवती शाही, पुस्कर गिरी, मनिषा गौतम, चरित्र विष्ट, गणेश ठाडा, पवन बुढा, जमुना नेपाली, भिमराज घर्ति र वर्षा परियार रहेका छन् ।
अध्यक्ष विश्वकर्माको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष देवीराम देवकोटाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य रनसिंह परियार, कर्णाली प्रदेश उपाध्यक्ष कृष्णबहादुर जि.सी., जिल्ला संयोजक जितबहादुर रानालगायतको सहभागिता रहेको थियो । सोही कार्यक्रममा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्षसहित नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान समेत गरिएको छ ।
प्रकाशित मितिः १८ पुष २०८१, बिहीबार ०९:५६
साझा बिसौनी ।