नौ बुँँदे घोषणापत्र जारी
सुर्खेत: प्रादेशिक बृहत् यौनिकता शिक्षा सम्मेलनले नौ बुँदे घोषणापत्र जारी गरेको छ । सोमवार वीरेन्द्रनगरमा भएको सम्मेलनबाट घोषणापत्र जारी गरिएको हो । युवाहरूकोे हक अधिकार स्थापित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिको सिडिएस पार्क मुगुका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताए । उनका अनुसार कर्णालीका दश जिल्लाका युवाहरूको सहभागितामा घोषणापत्र निर्माण गरिएको हो ।
घोषणापत्रमा शिक्षालाई प्राथमिकतामा राखिएको छ । प्रदेशका सबै विद्यालयहरूका स्थानीय पाठ्यक्रममा बृहत् यौनिकता शिक्षा अनिवार्य रूपमा समावेश गर्नुपर्ने उल्लेख गरिएको छ । जसमा यौन स्वास्थ्य, लैंगिक समानता र यौन अधिकारका विषयहरू समेटिनेछन् । स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षकहरूलाई बृहत् यौनिक तालिम पर्दान गर्नुपर्ने उल्लेख गरिएको छ । अभिभावक र समुदायका अगुवाहरूलाई बृहत् यौनिकता शिक्षाको महŒव बुझाउन स्थानीय भाषामा सचेतना सामग्री निर्माण र स्थानीयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाइएको छ ।
किशोर–किशोरीका लागि लक्षित यौन स्वास्थ्य सेवालाई गोपनिय बनाउने तथा आवश्यकता अनुसार मनोपरामर्श सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ । यौनिक हिंसाका घटनाहरू रोक्न शून्य सहनशिलता नीति लागू गर्ने र पुनस्थापनाका लागि सुरक्षित आवास गृहको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । दुर्गम क्षेत्रमा यौन स्वास्थ्य सेवा उपलब्ध हुनुपर्ने जनाइएको छ । यौनिक तथा अल्पसंख्यक समुदायप्रति हुने भेदभाव हटाउन उनीहरूको अधिकारको संरक्षण सुनिश्चित गर्न नीति तथा कार्यक्रम निर्माण गर्ने र कार्यान्वयनमा जोड दिइएको छ । यौनिक शिक्षामा प्रभावकारिता मापन गर्न र आवश्यक सुधारका लागि अनुसन्धान तथा तथ्यांक संकलन गर्न सरकारलाई जिम्मेवार गराइने जनाइएको छ । प्रदेश सरकारलाई बृहत् यौनिक शिक्षालाई विधिवत् नीतिगत रूपमा लागू गर्न र यसको बजेट सुनिश्चित गर्न खबरदारी गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
निर्माण गरिएको घोषणापत्र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । घोषणापत्र बुझ्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले घोषणापत्रमा उल्लेख गरिएका कुरा कार्यान्वनमा जोड दिने बताए । सम्मेलनले महŒवपूर्ण विषयको उठान गरेको उनको भनाइ थियो । यस्तै, प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेटेर उठेका सवाल सम्बोधन गर्नुपर्ने सुझाव दिए । आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले यौनिक सवाल दबिएर रहेको भन्दै समस्या उठान गरेर सम्बोधन गर्नुपर्ने बताइन् ।
साझा बिसौनी ।