बहुउपयोगी जलाशय निर्माण गरिने

 

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले जल संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बहुउपयोगी जलाशयहरूको निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर जलाशयहरूको निर्माण गर्न लागिएको हो ।
सिँचाइ सुविधा पु¥याउने तथा जल संरक्षण गर्ने उद्देश्य राखेर बहूउपयोगी जलाशयहरूको निर्माण गरिने प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षमा बहुउपयोगी जलाशयहरूको निर्माणका लागि १७ करोड बजेट विनियोजन गरिएको छ । यो वर्ष सम्भावित जलाशयहरूको सम्भाव्यता अध्ययन गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा चार/पाँच वटा सम्भावित जलाशयहरूको सम्भाव्यता अध्ययन गरिने मन्त्रालयका सचिव नविनचन्द्र अधिकारीले बताए । उनका अनुसार यो वर्ष सम्भाव्यता अध्ययनका लागि १७ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले सिँचाइको सुविधा पु¥याउने, भावर क्षेत्रमा जमिनमुनिको पानी रिचार्ज गर्ने तथा जलपर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । पहाडबाट बग्ने वर्षातको पानी संकलन गरेर ठाउँ–ठाउँमा बहुउपयोगी जलाशयहरू बनाइनेछ ।

जल संरक्षण र पर्यटन प्रवद्र्धन गर्नका लागि बहुउपयोगी जलाशयहरूको निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । जलाशयको वरिपरि पर्यटक बस्ने र मनोरञ्जन गर्ने भौतिक संरचना बनाउने, माछापालन गर्ने, होटल, रिसोर्ट र होमस्टे सञ्चालन गर्ने, डुंगा शयरको व्यवस्था मिलाउने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सरकारले राखेको छ । जैविक विविधताको संरक्षणका लागि समेत यो आयोजना महŒवपूर्ण हुने भएकाले यो वर्ष सम्भाव्यता अध्ययन गरेर निर्माणको काम थालिने मन्त्रालयका सचिव अधिकारीको भनाइ छ । प्रदेश सरकारले यो वर्ष जलसंरक्षणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यो वर्षबाट जल संरक्षणका धेरै कार्यक्रम थालिएको छ ।

 

पर्यटन प्रवद्र्धनमा जोड

जलस्रोत माथिको बढ्दो चाप तथा जलवायु परिवर्तनले पारेको प्रतिकूल असर न्यूनिकरण गर्न बहुउपयोगी जलाशयहरूको निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । पर्यावरण संरक्षण समेतमा टेवा पु¥याउन, परम्परागत मूल, ताल, तलैया, र पोखरीको संरक्षण र विकास गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । संघीय सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बहूउपयोगी जलाशयहरूको निर्माण गरिने जलस्रोत मन्त्रालयका सचिव नविनचन्द्र अधिकारीले जानकारी दिए । जल संरक्षण गरेर पर्यटन प्रवद्र्धनमा जोड दिने लक्ष्य राखिएको उनको भनाइ छ ।

 

संरक्षण अभावमा ओझेल पर्दै प्राकृतिक ताल

प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । कर्णाली प्रदेशका दैलेख, डोल्पा र सुर्खेतमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेका ताल संरक्षण अभावमा ओझेल पर्दै गएका हुन् । दैलेख जिल्लाकै ठूलो ताल मदान ताल हाल संरक्षणको प्रखाईमा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेपनि यो ताल संरक्षण हुन सकिरहेको छैन् । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका वडा नं. ३ मा रहेको यो ताल संरक्षण पर्खाइमा छ । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि २२ किलोमिटर पश्चिम जंगलको बीचमा अवस्थित ‘बराहताल’ ताल पनि संरक्षणको पर्खाइमा छ । कुनै बेला ‘सुर्खेतको रारा’, ‘कर्णालीको दोस्रो रारा’को उपमा पाएको यो तालको उचित संरक्षण हुन सकेको छैन । आवश्यक पूर्वाधार तथा सडक नबन्दा तालसम्म पुग्न निकै सास्ती हुनेगरेको छ । त्यहाँसम्म पुग्न सडक निर्माणको काम भइरहेको छ । तालमा पानी समेत पूर्णरूपमा छैन । उक्त ताल पनि संरक्षणको पर्खाइमा छ ।

डोल्पा जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय धमाधम नयाँ ताल फेला परिरहेका छन् । तर त्यसको संरक्षण हुन सकेको छैन । डोल्पो बुद्ध गाउँपालिकाले गत वर्ष मात्र नयाँ ताल फेला पारेको छ । पाँच हजार एक सय ९० मिटर उचाइमा नयाँ ताल फेला परेको गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले बताए । समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका वडा नं. ६ फालगाउँको हिमालमा नयाँ तालको रूपमा स्थानीयले कुन्ख्येन फालक ताल पहिचान गरेका हुन् । स्थानीयले नै तालको नामाकरण गरेका छन् । उक्त ताल हाल संरक्षणको पर्खाइमा छ ।

डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा पनि नयाँ ताल भेटिएको छ । सबैभन्दा अग्लो स्थानमा भेटिएको भनिएको नयाँ ताल छार्कताङसोङ गाउँपालिका वडा नं. १ स्थित उच्च मानव बसोवास भएको छार्कभोटमा युवाहरूले पहिचान गरेका हुन् । एकपछि अर्को गरेर ताल फेला पर्दै जानुले डोल्पा ताल तलैयाहरूको भण्डार मानिएको छ । तर ती तालहरूको संरक्षण हुन सकेको छैन ।

प्रकाशित मितिः   ५ कार्तिक २०८१, सोमबार ०५:०५