धनन्जयको साधारणसभा
सुर्खेत: धनन्जय बहुउद्देश्यीय सहकारी संस्थाको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘धनन्जयको भविष्य, व्यावसायिक र समृद्ध सदस्य’ बनाउने परिकल्पनासहित सभा गरिएको हो ।
सभाले सहकारी क्षेत्रमा देखिएको समसामयिक समस्या समाधान गर्न र सदस्य सेवाका लागि १२ वटा नयाँ कार्यक्रम प्रस्ताव र पाँच वटा सामाजिक सुरक्षा कार्यक्रम गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यसैगरि कारोबारको आधारमा बचततर्फको कारोबारमा २.१३ प्रतिशत र ऋणतर्फको कारोबारमा २.२३ प्रतिशत अतिरिक्त लाभ (संरक्षित पुँजी फिर्ता कोष) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
तीन वटा एकाई सभामार्फत सञ्चालन गरिएको वार्षिक साधारण सभा २०८१ असोज ३ गतेदेखि सुरु भएर असोज ७ गते एकाई प्रतिनिधिहरूको निर्णय प्रमाणिकरण सभा गरी सम्पन्न भएको संस्थाका सूचना अधिकारी मिलन ढकालले जानकारी दिए ।
प्रकाशित मितिः १२ आश्विन २०८१, शनिबार ००:५२
साझा बिसौनी ।