सुर्खेतमा सांकेतिक भाषा दिवस मनाइने

सुर्खेत: सुर्खेतमा पनि सांकेतिक भाषाहरूको दिवस मनाइने भएको छ । यही असोज ७ गते (सेप्टेम्बर २३) का दिन मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषाहरूको दिवस सुर्खेतमा पनि मनाउन थालिएको हो । सुर्खेतमा भेरी बहिरा संघले ¥याली निकालेर दिवस मनाउन लागेको हो । ¥यालीमार्फत् सुनाइसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई भएको सञ्चारको समस्याबारे समाजलाई अवगत गराइने भेरी बहिरा संघका अध्यक्ष नम्रता भारतीले जानकारी दिइन् । यदि सांकेतिक भाषा जानेका दोभाषेकर्ता भएमा बहिरा व्यक्तिले पनि अरूसरह आफ्ना कुरा राख्न सक्छन् भन्ने दिवसलक्षित ¥यालीमार्फत् देखाइने उनले बताइन् ।

बहिरा व्यक्तिले केही गर्न सक्दैनन् भन्ने समाजको भ्रम हटाउनु आवश्यक रहेको अध्यक्ष भारतीले बताइन् । दिवसका अवसरमा सोमवार १० बजेदेखि वीरेन्द्रनगरमा ¥याली निकालिने छ । उक्त ¥यालीमा सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिलगायत विविध अपाङ्गता भएका व्यक्ति तथा सरोकारवालाहरू सहभागी हुनेछन् ।

संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय गरेको थियो । युएनको उक्त निर्णयपछि सन् २०१८ सेप्टेम्बर २३ को दिनलाई सांकेतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महŒव, आवश्यकतालाई विश्वभर फैलाउन दिवसलाई महŒवपूर्ण मानिएको छ ।

तथ्याङ्कअनुसार विश्वभर करिब सात करोड मानिस सुनाइसम्बन्धी अपाङ्गता भएका छन् । २०७८ को गनगणनाअनुसार नेपालमा ५१ हजार तीन सय ७३ नागरिकमा यस्तो खालको अपांगता छ । तथ्याङ्क विश्लेषणअनुसार नेपालमा नौ हजार ६ सय ५५ जनालाई सांकेतिक भाषा आवश्यक पर्दछ ।

प्रकाशित मितिः   ६ आश्विन २०८१, आईतवार १५:५४