कुपोषण अन्त्य गर्न ‘इनफ अभियान’

सुर्खेत: कर्णालीमा कुपोषण अन्त्य गर्न ‘इनफ अभियान’ सुरु गरिएको छ । प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीवार अभियानको शुभारम्भ गरेका हुन् । कँडेलले कुपोषणको अन्त्यका लागि सबै सरोकारवालासँगको सहकार्यमा काम गरिने बताए ।
कुनै बेला दरबारलाई पोसिला र मूल्यवान खाद्यान्न कोसेली पठाउने कर्णाली पछिल्लो समय कुपोषणयुक्त अवस्थामा आइपुगेको परिस्थितिलाई बदल्नुपर्ने बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कुपोषण अन्त्यमा सरकारको ध्यान गएको बताए ।
मन्त्री शाहले कर्णाली प्रदेशमा कुपोषण अन्त्यका लागि आवश्यक बजेट मन्त्रालयबाट प्रत्येक वर्ष विनियोजन भइरहेको पनि बताए । उनले भने, ‘कृषि क्षेत्रको विकास अति आवश्यक छ । कृषिबाट उत्पादित अग्र्यानिक र गुणस्तरीय वस्तुहरू नै कुपोषण न्यूनीकरणमा महŒवपूर्ण भूमिका खेल्दछ । हामीसँग भूगोल, स्रोत साधन भएपनि हाम्रो माइन् मेकअप कृषितर्फ गएको छैन । त्यसैले कर्णालीमा कुपोषणको अन्त्य गर्नका लागि कृषि क्षेत्रका विज्ञहरूले त्यतातिर ध्यान दिनुपर्छ ।’
कर्णालीमा ३६ प्रतिशत पुट्कोपन रहेको र त्यसको न्यूनीकरणमा सरकार लागिरहेको बताए । मन्त्रालयबाट आर्थिक वर्ष २०७९÷०८० मा २३ करोड ३० लाख २० हजार, २०८०÷०८१ म २० करोड ४८ लाख ९० हजार र चालु आर्थिक वर्षमा १४ करोड ३३ लाख ६८ हजार रकम विनियोजन भएको शाहले जानकारी गराए ।
प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार ०५:०१
साझा बिसौनी ।