मोबाइल किन्दा स्कुटर उपहार
सुर्खेत: कालीकोटका एक युवाले मोबाइल खरिद गर्दा स्कुटर उपहार पाएका छन् । गत असोजमा सुर्खेतको वीरेन्द्रनगरस्थित आधुनिक मोबाइल सर्भिस सेन्टरबाट मोबाइल किनेका पर्वत सोनीले उपहारमा स्कुटर प्राप्त गरेका हुन् ।
उनले सामसुङको मोबाइल किनेका थिए । दसैँको अवसरमा ‘सामसुङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर अन्तर्गत सोनीले स्कुटर प्राप्त गरे । बुधवार एक कार्यक्रमको आयोजना गरी उनलाई स्कुटर हस्तान्तरण गरिएको छ । दसैँ र तिहारको अवसरमा मोबाइल खरिदमा विभिन्न अफर र छुटसमेत दिइएको आधुनिक मोबाइल सर्भिस सेन्टरका सञ्चालक शोम शर्माले जानकारी दिए ।
प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार ०९:१५
साझा बिसौनी ।